६ श्रावण २०८३, बुधबार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशभर साधारणतया बादल लागेको छ । कोशी र गण्डकी प्रदेशका केहि स्थानमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली पहाडी भूभागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री