जमैकाको अर्को हार, सन्दीपको प्रदर्शन भने उत्कृष्ट

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी -२० क्रिकेट अन्तर्गत जमैका तल्लावह पराजित भएको छ । विहिबार बिहान सम्पन्न खेलमा जमैका बार्बाड़ोस ट्रीडेन्टससँग ३६ रनले पराजित भएको हो ।

बार्बाडोसले दिएको १४९ रनको लक्ष्य पछाएको जमैका २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्र बनाएको थियो ।जमैकाका लागि नक्रुमाबोन्नेरले ३१ रन बनाए भने जेर्मिने ब्लाकवुडले २८ रन बनाए भने मुजीब उर रहमानले १८ तथा चडविक वाल्टनले १० रन बनाए । सन्दीप लामिछानेले अविजित ४ रन बनाएका थिए ।

वार्बाडोसका बलर राशिद खान, जासन होल्डर मिचेल सान्टनर र रेमन रेइफरले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बार्बाड़ोस ट्रीडेन्टसले २० ओभरमा ७ विकेट गुमाउदै १४८ रन बनाएको थियो । बार्बाडोसका लागि किले मेयर्सले सर्बाधिक ८५ रन बनाए भने जासन होल्डरले १५ र मिचेल सान्टनेरले २० रन बनाए ।

जमैकाका बलर मुजीब उर रहमानले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका छन् । मुजीबले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए भने सन्दीपले पनि किफायती बलिङ गर्दै ४ ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए । सन्दीपले रसिद खानलाई डक आउट गरेका थिए भने एशले नर्सलाई २ रनमा आउट गरेका थिए । सन्दीप यस सिजनमा अहिलेसम्म ५ खेल खेल्दै ७ विकेट लिएका छन् ।

त्यस्तै जमैकाका फिडेल एड्वार्ड्स र कार्लोस ब्रेथवेटले एक एक विकेट लिएका थिए । यो जितसँगै बार्बाडोसको ५ खेलमा दोस्रो जितसँगै ४ अंक भएको छ भने जमैकाको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ ।

अब जमैकाले अर्को खेल भदौ १४ गते सेन्ट किट्स एण्ड नेभिसविरुद्ध खेल्दै छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस