युवाको ‘ग्याङ फाइट’ ले टीकापुरमा तनाव, पाँच घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर

कैलाली । कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

टीकापुर नगरपालिका–६ र ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नम्बर–६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नम्बर ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घाइतेमध्ये दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था गम्भीर रहेकाले टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले बताए ।

बाँकी दुई जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार टीकापुरको खक्रौलास्थित बालुवाटारमा भएको झडपमा दुई समूहले एक–अर्कालाई धारिलो हतियार प्रहार गरेका थिए । घटनास्थलबाट प्रहरीले टीकापुर प्रसेनीका रवन साउद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस