गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ५ जिल्लाका थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु तनहुँका २ जना, कास्कीका ६ जना, बाग्लुङका एक जना, लमजुङका ३ जना र स्याङजाका ८ जना रहेका छन् । नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार २४५ जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ५०५ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस