प्रतितोला ९९ हजार ६ सय पुग्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्यमा प्रति तोला ३ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मूल्य अहिलेसम्मकै धेरै प्रति तोला ९९ हजार ६ सय पुगेको छ । नेपालमा सुनको यो मूल्य अहिलेसम्म कै उच्च हो । यस अघि शुक्रबार सुन प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार १६० पुगेको छ । त्यसैगरी आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार चाँदीमा प्रतितोला ३० रुपैयाले बढेको छ ।

शुक्रबार चाँदी १२ सय प्रति तोलामा कारोबार भएकोमा आइतबार प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस