भारतमा एकैदिन कोरोनाबाट ८५३ जनाको मृत्यु, ५४ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८५३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३७ हजार ३६४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना संक्रमित पुष्टि भएको छ । यो अहिलेसम्म भारतमा एकै दिन संक्रमित सबैभन्दा धेरै संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब १७ लाख नाघेको छ । भारतमा कुल संक्रमित १७ लाख ५० हजार ७२३ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ११ लाख ४५ हजार ६२९ जना ठिक भएका छन् भने ५ लाख ६७ हजार ७३० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ९८ लाख २१ हजार ८३१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४ लाख ६३ हजार १७२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस