सांग्रिला डेभलपमेन्ट बैंकको ब्याज रकममा २० प्रतिशत छुट योजना

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि साउन महिनाको ब्याज रकममा २० प्रतिशत छुटको योजनाु ल्याएको छ ।

बैंकका सेवाग्राहीले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम साउन मसान्तसम्म भुक्तानी गरेमा साउन महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले बताएको छ ।

ब्याज रकममा प्रदान गर्ने यस छुटले सेवाग्राहीहरुलाई हालको परिस्थितिमा केही सहयोग पुग्ने डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ । यस बैंकले ९१ शाखा कार्यालयहरु, ३० एटिएममार्फत् सेवा दिदैं आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस