झापामा खोलाले बगाउदाँ १ जनाको मृत्यु ,१ बेपत्ता

झापा ।झापामा खोलाले बगाउदाँ १ जनाको मृत्यु   भएको छ भने १  जना बेपत्ता भएका छन् ।
संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका-४ बस्ने ३० बर्षीय सुगम राईको स्थानीय डुबे खोलाले बगाएर मृत्यु भएको छ ।
बुधवार दिउँसोको समयमा श्रीमती र अन्य साथीहरुसंगै दहिझोडा सामुदायिक वन तर्फ गएका राई बाटोमा रहेको डुबे खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी झापाकै कन्काई नगरपालिका-४ का २७ बर्षीय कमल मुखिया माई खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस