कोरोना संक्रमणबाट पहिलो पटक कुकुरको मृत्यु

एजेन्सी ।अमेरिका कोरोना भाइरसको सक्रमणबाट पहिलो पटक कुकुरको मृत्यु भएको छ ।

अमेरिका कोरोना भाइरसबाट सबै भन्दा पहिलो जर्मन शेपर्ड बडी नामको कुकुरको निधन भएको छ।

सामाजिक संजाल ट्वीटरमा  नताशा डालीले उक्त कुरा सार्वजनिक गरेकी हुन ।

नताशा न्याट जियोमाकी सम्पादक हुन् भने उनि बिशेष जनावरहरुको कल्याण, संरक्षण र शोषण सम्बन्धि बिषयमा कलम चलाउछिन ।

उनले बडीको बारेमा उस्ले गर्ने गतिबिधिको संक्षेपमा चर्चा गर्दै के भएको भनि उल्लेख गरेकी छिन ।

गत मध्ये अप्रिलमा उसको सातौ जन्मदिनमा उसलाई स्वास फेर्न संघर्ष गर्नु परेको थियो । ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भाइरस कोभिड १९ लाग्ने प्रथम कुकुर हुन् पुग्यो । जुलाई ११ का दिन उसको मृत्यु भएको बताइएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप