उदयपुरमा बाढीले बगाउदाँ १ जनाको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका-३ भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाएर बेपत्ता भएका धरान उपमहानगरपालिका-५ का ३५ बर्षीय कर्ण बहादुर राईको शव फेला परेको छ ।

श्रावण १२ गते धरानबाट सब्जी खेति लगाउन बेलका नगरपालिका-३ सिसौली टप्पु गएका राई श्रावण १३ गते राती ८ बजे प्रदेश १-०२-००२ च ४००५ नम्बरको गाडीमा घर फर्कदै गर्दा उक्त कल्भडमा बाढी आएको देखि चालकलाई गाडी रोक्न लगाई गाडीबाट ओर्लेर बाटो नियाल्ने क्रममा अचानक बाढीले बगाउदा बेपत्ता भएका थिए ।

बेपत्ता भएका  राईलाई  खोजतलास गर्ने क्रममा आज  बगाएको स्थान भन्दा करिव ५०० मिटर दक्षिणमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस