काठमाडौँ । बुधबार सुनको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्यमा प्रति तोला ३ सयले बढेको छ ।
योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९८ हजार ५ सय पुगेको छ ।
यस अघि मंगलबार सुन प्रति तोला ९८ हजार २ सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
मंगलबार चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि बढिरहेको चाँदीको मूल्य आज भने घटेको हो।
प्रतिकृया दिनुहॊस