मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी छनोट गर्ने सम्भावना

काठमाडौं । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आईजीपी) छनोट गर्ने सम्भावना छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।

नयाँ महानिरीक्षककोे दौडमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । वरिष्ठताको हिसाबले क्षेत्रीको सम्भावना प्रबल रहेको बताइएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आईजीपी ज्ञवालीको बुधबार विदाई कार्यक्रम राखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस