इलाममा थप २ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १० पुग्यो

इलाम।  इलाममा बुधबार थप २ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

सूर्योदय नगरपालिकाको कृष्णाश्रम माविको क्वारेन्टाइनमा रहेका वडा नं- १० की ४० बर्षिया र वडा नं- १४ की २४ बर्षिया महिलामा कोरोना संक्रमण देखिएसगैं इलाममा संक्रमितको संख्या १० पुगेको  छ ।

आज  थपिएका २  जना  कुवेतबाट केहि दिन अगाडि  नेपाल आएका हुन्। इलाममा हालसम्म  कोरोना पुष्टि भएका सबै  विदेशबाट  आएका हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ४६  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४ हजार ६ सय ५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस