मनाङमा पनि भेटिए संक्रमित, गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि

काठकाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जना गरी ४२ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार मनाङमा पहिलो पटक संक्रमण देखिएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत एक ५७ वर्षीय कर्मचारीमा संक्रमण देखिएको हो । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा-१४ हो ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । आज ४२ जना थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस