आगामी तिन दिनको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं । अहिले नेपालमा  स्थानीय वायुपश्चिमी  वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव  रहेको छ 

देशको  बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भू-भागहरु लगायत प्रदेश १कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडि भु-भागहरुमा  र प्रदेश २ का पश्चिम तिरका भु-भागहरुमा सामान्य बदली रहेको छ भने  बांकी  भु-भागहरुमा आंशिक बदली रहेको छ। प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ।

आगामी तिन दिनको मौसम पूर्वानुमान

जेठ २८ गते (बुधबार)

दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १,  बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश नं २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङ  सहित हल्का वर्षाको  सम्भावना रहेको छ।

रातीः प्रदेश १, प्रेदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको  सम्भावना रहेको छ।

जेठ २९ गते (बिहिबार)

दिउँसोः  प्रदेश १, प्रदेश नं २   बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  साथै बांकी  प्रदेशहरुमा आंशिक बदली  रहनेछ।प्रदेश १, प्रदेश नं २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम  प्रदेश,  र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन,चट्याङ  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली  तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको   साथै वांकी प्रदेशका १-२ स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ।

जेठ ३० गते (शुक्रबार)

दिउँसोः  प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली  तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जन,चट्याङ  सहित हल्का वर्षाको   साथै वांकी प्रदेशका १-२ स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली  तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको   साथै वांकी प्रदेशका १-२ स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस