रुपन्देहीमा कोदालो प्रहार गरी ५ जनाको हत्या

रुपन्देही । रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक कामदारले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गएराति गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

हत्या गर्ने सोहि फार्ममा काम गर्ने ३२ वर्षिय झपेन्द्र सिंह सिंजाली रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् । मृत्यु हुने २ जना श्रीमान/श्रीमती हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाले मृतकको सनाखत गरिएको जानकारी दिए । उनीहरु सबैलाई एकै ठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी थापाले बताए ।

हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् । उनीहरुको सबैको घाँटीमा चोट छ । प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक सिंजालीलाई नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुहाङ नेम्वाङले लिए शपथ

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ …

प्रतिकृया दिनुहॊस