सरकार लकडाउन गर्दै जनता पसल खोल्दै [फोटोफिचर]

काठमाडौं । लक डाउन ७८ औं दिनमा आइपुग्दा काठमाडौंका मुख्य व्यापारिक केन्द्रमा मानिसहरुको चहलपहल बढेको छ । गत चैत ११ गते देखि सुरु भएको लकडाउन सरकारले जेठ ३२ सम्म जारी रहेको छ ।

सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपनि मोडालिटी तयार पार्न नसक्दा सर्वसाधारण स्वतःसफुर्त रुपमा घर बाहिर निस्किएका छन् भने काठमाडौंको न्युरोड, इन्द्रचोक, असन, मखनटोल, मरुटोल, मौतीदेवी, बानेश्वर लगायतका ठाउँहरुमा बिहान ११ बजेसम्म धरै जसो पसलहरु खुल्न थालेका छन् ।

उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बाक्लो देखिएको छ । मुख्य सडकहरुमा निजी सवारी साधनहरुको चाप उच्च देखिएको छ तर, सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएका छैनन् । हेर्नुहोस् तस्बिर :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री