काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ३ सयले घटेर २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया



