उपत्यकाका यी दर्जन बढी ठाउँमा दिनभर विजुली नआउने

काठमाडौं । काठमाडौं उपत्यकाका दर्जन बढी स्थानमा आज विजुली आपूर्ति नहुने भएको छ । चक्रपथ विस्तारका लागि संरचना मर्मत गर्नुपर्ने भएकाले उपत्यकाका दर्जनभन्दा बढी ठाउँमा आज विजुली आपूर्ति बन्द गर्नु पर्ने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज कुलेश्वर वितरण केन्द्रअन्तर्गत कलंकीदेखि ढुंगेधारासम्म र सीतापाइलादेखि रामकोटसम्मको विभिन्न स्थानमा विजुली आपूर्ति नहुने जनाएको छ । यी क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले यस काममा सहयोग पुर्‍याउन विद्युत सेवा अवरुद्ध गर्नुपरेको प्राधिकरणले जानकारी दिएको छ ।

यी क्षेत्रमा आज (आइतबार) बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत ‘सटडाउन’ गरिने प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिएका छन् ।

स्युचाटार–स्वयम्भू फिडरअन्तर्गत एचटी लाइनको जम्पर छुटाइ सडक दायाँ–बायाँ रहेका विद्युतीय संरचना स्थानान्तरणको काम गर्नुपर्ने र भीमढुंगा ११ केभी स्वीच जडान गर्नुपर्ने भएकाले आज दिनभर लाइन सटडाउन हुने भएको हो ।

उक्त फिडरबाट विद्युत आपूर्ति लिने बुढाथोकी कोल्ड स्टोर, मुसलमान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा फ्याक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका ठाउँमा आज दिनभर विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी गराएको छ ।

लकडाउनका बेला सबै मानिस घरभित्र भएका बेला विद्युत आपूर्ति बन्द हुने हुँदा यस क्षेत्रका नागरिकले विद्युतको वैकल्पिक उपाय अपनाउनु पर्ने भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस