प्रिमियर लिगका थप दुई खेलाडीमा कोरोना पुष्टि

काठमाडौं । ईङलिश प्रिमियर लिगका थप दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमित हुने प्रिमियर लिगका खेलाडीको संख्या ८ पुगेको छ ।

लिग सुचारु गर्न लिगका सबै क्लबका खेलाडी र अफिसियलको कोरोना टेस्ट भइरहेको छ । सोही क्रममा थप दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि शुरुको टेस्टमा तीन क्लबका ६ खेलाडी पोजेटिभ देखिएको थियो ।

जसमा वाटफोर्ड क्लबले आफ्ना २ स्टाफ र एक खेलाडी छन् । प्रिमियर लिगले अहिलेसम्म पहिलो चरणमा ७४८ र दोस्रो चरणमा ९९६ जना खेलाडी र स्टाफको कोरोना टेस्ट गरेको जनाइएको छ । अहिलेसम्म जुन १२ देखि प्रिमियर लिग पुनः शुरु हुने अनुमान गरिएको भएपनि ठोस निर्णय भने अझै भएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस