काठमाडौं । न्युजिल्याण्ड सरकारले काेराेना भाइरसकाे सामुदायिक सङ्क्रमण हुन राेकिएकाे र प्रभावकारी रुपमा भाइरसमाथि नियन्त्रण लिएकाे दाबी गरेकाे छ ।
केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी छन्।
धेरै मानिसहरू अझै पनि घरमै बस्नुपर्ने र सामाजिक जमघट गर्न नहुने नियमहरू भने कायम छ।
“हामी अर्थतन्त्रलाई खोल्दैछौँ तर मानिसको सामाजिक जीवन खोल्दै छैनौँ,” सरकारको नियमित पत्रकार सम्मेलनमा आर्डनले भनिन्।
न्यूजील्यान्डमा १,५०० जनाभन्दा कमलाई सङ्क्रमण छ भने १९ जनाको मात्रै मृत्यु भएको छ।
बीबीसीबाट साभार
तपाईंको प्रतिकृया




