काठमाडौं । विराटनगरबाट काठमाडौं आउन लागेका यात्रुलाई नागढुंगाबाटै फर्काइएको छ ।
सोमबार बिहान विराटनगर महानगरपालिकाले ७ वटा बसमा काठमाडौंका लागि पठाएका यात्रुहरुमध्ये केहीलाई जान दिएर केहीलाई नाकामा रोकिएको थियो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई गृह मन्त्रालयले परिपत्र गरेसगै नाकाहरुमा थप कडाइ गरिएको थियो ।
सोही अनुरुप नागढुंगा नाकामा आइपुगेका यात्रुहरुलाई जहाँबाट आएका थिए सोहि गन्तब्य तर्फ फर्काइएको हो ।
तपाईंको प्रतिकृया




