डम्मर बम
काठमाडौं । ‘पहाडको घर, बैंक तथा वित्तियसम्म पहुँच छैन, आफूसँग भएको पैसापनि सकिएको छ,’ अछाम घरभई हाल किर्तिपुरमा बस्दै आएका अशोकराज भण्डारीले दुखेसो पोखे ।
आइएमईसमेत बन्द भएकाले घरबाट पैसा पठाउन पनि समस्या भएको उनको भनाई छ । ‘खाद्यान्न सकिने अवस्था आएको छ, पीडामाथि पीडा थपिने अवस्था आएको छ,’ कक्षा १२ सम्मको पठाई पूरा गरी ६ वर्षअघि काठमाडौं आएको भण्डारीले भने ।
उनले शंकरदेव क्याम्पबाट व्यवस्थापन संकायमा स्नातक गरेका छन् । पुस्तक पसल नखुलेकाले पाठ्यपुस्तकको समस्या भएको उनले गुनासो गरे । लोक सेवा तयारी गरिरहेको भएपनि कोरोनाको संन्त्रासले पढाईमा मन जाने नगरेको मनोविज्ञान उनले दर्शाए ।
‘एउटै वातावरण, एउटै परिस्थितीमा दिनरात एकैकोठामा बस्दा मानोटोनस फिल भएको छ,’ भण्डारीले भने- ‘सिर्जनात्मक केही कुरा दिमाकमा आउनै छोड्यो ।’ यो पीडा भण्डारीलाई मात्र नभएर अधिंकाश विधार्थीहरुको हो । समस्या एकातिर भएपनि कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनलाई उनले सकारात्मक रुपमा लिएका छन् ।
६ वर्षअघि बाजुराबाट काठमाडौं आएका दिनेशनाथ योगीको दिनचर्या पनि उस्तै छ । उनी एमविएस दोस्रो सेमिस्टरको परीक्षा पूरा दिन नपाएको दुखी छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय डिपार्टमेन्टमा तीनवटा विषयको परीक्षा दिएपनि ७ गते र १४ गतेको दुई वटा परीक्षा रोकिएको योगी बताउन्छन् ।
लकडाउनका कारण परीक्षा स्थगित भयो तर पढाईप्रति रत्तिभर मन नजाने गरेको उनको भनाइ छ । दिन काट्ने अहिले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् उनी । ‘सरकारले कोठाभाडामा एक महिना छुट भनेको छ तर, घरबेटीले त्यो कुरा मान्ने हुन् कि होइनन्’ उनले संका व्यक्त गरे । बाहिर निस्किन नपाएर खातामा रहको पैसा निकाल्न समेत नसकेको उनको भनाई छ ।
‘राजधानीमा विद्यार्थीहरुका समस्या उस्तै हुन् तर, यो पटकको अवस्था भने अझै फरक र कठिन छ,’ कैलालीका दिपेश धामीले भने- ‘एउटा कोठमा बस्दा बस्दा मेन्टल वायरनेस हुन सकेको छैन् ।’
परिस्थितीका कारण बाहिर निस्किन नपाउँदा साथमा रहेको पकेट मनी सकिँदा उनलाई समस्या थप भएको छ । लकडाउनको समयमा आफैर्लाइ सृजनात्मक कार्यमा लगाउन नसक्दा मनोविज्ञानका रुपमा यसको असर पर्न गएको देखिएको उनले बताए । ‘खाद्यान्न र पैसाको समस्या भएको यस अवस्थामा हामीले सरकारको आश गर्ने हो’ उनले भने ।
‘यो केही सृर्जनात्मक काम गरेर, किताब पढेर ज्ञान हासिल गर्नुपर्ने समय हो तर, हामीले यो समयलाई सदूपयोग गर्न नसकेका छैनौं,’ अछामका नरेश खड्काले भने ।
यो अवस्थामा इन्टरनेट एउटा मनोरञ्जको माध्यम भएपनि भने जस्तो सेवा सुविधा दिन नसकेको उनको गुनासो छ । खाद्यान्न लगायतका समस्या त हुने नै भयो । यतिका दिन भयो साग तरकारी किनमेल पनि नगरिएको उनको भनाई छ । कुनदिन घरबेटीले कोठाभाडा माग्ने हो, चिन्ता लागेको छ । यतिबेला घरपरिवारको माया वढी नै लागको उनी बताउँछन् ।
लकडाउनले समग्र जीवन शैलीमा नै ठूलो प्रभाव पारेको नुवाकोटका प्रदिप तिमिल्सिनाको भनाई छ । ‘यसले आर्थिक मात्र नभई मानसिक तनाव पनि निम्त्याएको छ,’ उनले भने- ‘एक बन्द कोठ भित्र बन्दी जीवन जस्तै भएको छ, अर्कोतर्फ पढाइ र बिचमा रोकिएको परीक्षाले पनि मानसिक तनाव सिर्जना गरेको छ ।’ यस्तो महामारीमा पनि घरबेटीले सरकारको निर्णय कार्यान्वयन गर्छन, की गर्दैन्न यसको नियमन हुनु पर्ने तिमिल्सिनाको धारणा छ ।
कारोनाको महामारीका बेला आफ्नो परिवारको साथमा हुन नपाएकोमा विराटनगरका सुशान्त बस्नेतलाई दुःख लागेको छ ।
बिबिएलमा दोस्रो वर्षमा अध्ययनरत उनी क्याम्पस बिदा भएपनि घर जानेबाट बञ्चित नै रहे । विरगञ्जमा समेत तीन जनामा देखा परेको कोरोना लक्षण कारण उनी डराएका छन् । खुला सीमा भएका कारण त्यो ठाउँमा जोखिम हुन सक्ने अवस्था रहेकोमा उनले चिन्ता व्यक्त गरे ।
‘लकडाउन अझै केही समय लम्बिने अवस्था देखिएको छ,’ कैलालीकी चेतना उपाध्यायले भनिन्- ‘कोठामा मात्र सीमित भई बस्दा केही उकुसमुकस अनुभव त पक्कैपनि भएको छ ।’
यसका बाबजुद पनि आफूले संगित तथा पढाईमा ध्यान दिएर रिफ्रेसमेन्ट गराई रहेको उनले बताइन् । बानेश्वर कोठा भाडामा बसेकी चेतना बाहिरको वातावरण कस्तो भएको छ हेर्ने आतुर रहेको छिन् । र त्यो कोरोनाको महामारी पश्चात पूरा हुनेमा उनी विश्वस्त छिन् ।
‘यो कठिन परिस्थितिमा सर्वप्रथम त सरकारको यो निर्णयलाई स्वागत छ,’ पोखराकी निरु आचार्यले भनिन्- ‘लकडाउनको समय घरभन्दा टाढा छौ, यस अवस्थामा कोठामा बस्दा एक्लो भएको फिल गरेकी छु, तर सरकारलाई सहयोग गर्नु नै हाम्रो कर्तव्य हो ।’ ‘आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु पर्छ । आफूलाई मोटीभेट गर्न गीत सुन्ने, डान्स गर्ने, बुकहरु पढ्दै गरेको अनुभव आचार्यले सुनाइन् । उनले यस्तो अवस्थामा मान्छे एक्लै बस्दा अनेकन कुरा मन खेल्ने भएकाले आफूलाई जतिसक्यो गीत संगित सुन्न ध्यान गर्न सल्लाह दिन्छिन् आचार्य ।
‘कस्तो विडम्बना हो यो, आफ्नासँग नी भेट्न नी नपाई भो, कोठाकै बासले मरिन्छ कि क्या हो,’ मोरङकी मिनु ढकालंले भनिन्- ‘आफू काम विशेषले बाहिर निस्केपनि भाईरस सारेर ल्याउने होकी डरलाग्छ ?’अफिसको काम सकेजति कोठाबाटै गर्ने गरेको उनी बताउँछिन् ।
‘यस्तो अवस्था कुनै जाँगर नचलेको तथा सबैजना गाउँमा रहेकोले घरको याद आइमात्र रहन्छ,’ उनले भनिन्- ‘एक्लोपना जस्तो हुने यो लकडाउनमा खाली दिमाकमा कोरोना कारोनामात्र रहेको छ ।’
भक्तपुरमा कोठा गरी बसेकी ढकाल यस्तो बेला मानिसले मनमा नकारात्मक कुराले खेलाउने भन्दै आफूुलाई जतिसक्यो खुसी राख्ने तथा फोनबाट आफ्ना साथी, घरपरिवारसँग कुराकानी गरी आफूलाई एक्लो महशुस नगराउनु पर्ने बताउँछिन् ।
देशका विभिन्न जिल्लाबाट उच्चशिक्षाका लागि राजधानी काठमाडौं बस्दै विद्यार्थीले लामो समयसम्म भएको लकडाउनले थुप्रै समस्या हुँदै गएको बताएका छन् । जनताको स्वास्थ्यको ख्याल गर्दै सरकारले गरेको लकडाउनलाई उनीहरुले स्वागत नै गरेका छन् ।
यस अवस्थामा हामीले मानिसहरुसँग दुरी कायम गर्नुपर्ने तथा अत्यावश्यक काम बाहेकको बाहिर ननिस्कनु पर्ने विज्ञहरुको सुझाव छ । विश्व स्वास्थ्य संगठनले यस अवस्थामा सुरक्षित रहन सबैलाई आग्रह गरेको छ ।
प्रतिकृया दिनुहॊस