काेरोनाका बारेमा कलाकार के भन्छन् ?

रेखा थापा
नायिका रेखा थापाले नोवल कोरोना भाईरस विश्वभरी महामारीको रुपमा फैलिएको वताउँछिन् । सावधानीनै यसबाट बच्ने सर्वोत्तम उपाय भएकाे धारणा उनी राख्छिन् । सावुन पानीले सफासँग हात धुने र सेनिटाईजर प्रयोग गर्न पनि सुझाउँछिन् । साथीभाईसँग भेट्दा हात नमिलाउँ भन्दै नमस्कार गर्न समेत उनीले आग्रह गरेकी छिन् ।

फ्लुजस्तो लक्षण आफन्तमा देखा परेमा अस्पताल जान सल्लाह दिने र आफू त्यस्ता व्यक्तिको सम्पर्कमा जान नहुने वताउँछिन् । यो बेला व्यक्तिगत सरसफाई सँगै घर, आगन सफा राख्नुपर्ने उनको धारणा छ । घर बाहिर सकेसम्म ननिस्कने यदि निस्कनै परे मास्क लगाएरै मात्र निस्कन सल्लाह कलाकार थापा सल्लाह दिन्छिन् ।

केकी अधिकारी
लकडाउनको बेला नायिका केकी अधिकारीले सबैलाई घरमैं सुरक्षित साथ बसिदिन अनुरोध गरेकी छिन् । उनीले यस्तो बेला आफूलाइ मन लागेको कुरा गर्न सजिलो हुने भन्छिन् । रुटीनलाई फलो गरेर वा यत्तिकै पनि समय रमाइलोसँग विताउने सकिने सुझाउँछिन् । केकीे हात धुँदा आफूले गीत गाउने गरेको पनि वताउँछिन् ।

यति लामो समयसम्म लकडाउन हुँदा हरेक मान्छेभित्रको रिस, द्धेष कम हुने पनि उनी भन्छिन् । यसले उनको जीवनमा सकाराक प्रभाव पारेको बुझिन्छ । अहिले घर बाहिर जान बन्देज भएकोले घरमैं बसेर गर्ने कामहरुमा आफूलाई ब्यस्त राखेर खुसी हुने प्रयास गरेको केकीले ताएकी छिन् ।

प्रियंका कार्की
भर्खरै विवाह बन्धनमा बाँधिएकी प्रियंका कार्की भने सँधै आफूलाई ब्यस्त राख्न रुचाउँछिन् । लकडाउनका बेला पनि उनी काममै ब्यस्त छिन् । सडकका पशुपन्छीको लागि एक कचौरा पानी, एक कचौरा खाना भन्दै विश्व पशुपंक्षी दिवसमा सक्रिय भएर काम गरिन् । विश्वभर डरलाग्दो रुपमा फैलिएको कोरोना भाईरस नेपालमा भने भाग्यवश हालसम्म नफैलिएको उनीले वताएकी छिन् । कोभिड १९ फैलिन नदिनका लागि हरेकले आफ्नो ब्यक्तिगतरुपमा पहल थाल्नुपर्ने कार्की भन्छिन् ।
आफू, आफ्नो परिवार र आफन्तलाई यो महामारीबाट जोगाउनका लागि हरेक ब्यक्तिले प्रयास गर्नुपर्ने उनको धरण छ । यो रोगबाट बच्नका लगि कम्तीमा २० सेकेण्डसम्म राम्रोसँग हात धुनुपर्ने उनी वताउँछिन् । सेनिटाईजरको प्रयोग गर्न पनि उनी सुझाउँछिन् । यो भाइरस ४ देखि ५ दिनसम्म नाकमा रहेर पछि फोक्सोसम्म पुग्ने भएकाले दिनमा ८ देखि १० गिलाँससम्म तातोपानी पिउन सल्लाह दिन्छिन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस