कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो, करिब १७ लाख संक्रमित

काठमाडौं । साढे तीन महिनामा विश्वभर कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख दुई हजार नाघेको छ भने संक्रमितको संख्या करिब १७ लाख पुगेको छ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबारसम्म विश्व कोरोना भाइरसबाट मर्नेको संख्या १ लाख २ हजार ६ सय ६७ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ९७ हजार ३ सय ६४ पुगेको छ।

संक्रमितमध्ये हालसम्म ३ लाख ७६ हजार १ सय ९ जना उपचार पछि निको भइ घर फर्केका छन्। हाल विश्वका विभिन्न देशम उपचारत कोरोना भाइरस संक्रमितको संख्या १२ लाख १८ हजार ५ सय ८८ रहेको छ। उपचारतमध्ये ४९ हजार ८ सय ३० जनाको स्वास्थ्य अवस्था गम्भिर छ भने ११ लाख ६८ हजार ७ सय ५८ जनाको अवस्था सामान्य रहेको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको करिब साढे तीन महिनामा यो भाइरस फैलिएर अहिले विश्वका २ सय १० देश तथा क्षेत्रमा पुगेको छ।

नेपालमा हालसम्म कोरोना भाइरसका शंकास्पद तीन हजार बढीको स्वास्थ्य परिक्षण गरिएको छ , जसमध्ये ९ जनामा कोरोना भाइरसको संत्रमण देखिएको छ। संक्रमितमध्ये एक जनालाई उपचार पछि निका भइसकेको छ भने ८ जना अहिले उपचारत छन्।

विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, चीन, बेलायत, इरान, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स र क्यानाडा रहेका छन्। हालसम्म सबैभन्दा बढी कोरोनाका संक्रमित अमेरिकामा देखिएका छन् भने मृत्यु इटालीमा भएको छ।

अमेरिकामा हालसम्म ५ लाख २ सय ४९ जनामा कोरोनाका संक्रमण देखिएको छ, जसमध्ये १८ हजार ७ सय १९ जनाको मृत्यु भइसकेको छ। स्पेनमा १ लाख ५८ हजार २ सय ७३ जना कोरोनाको संक्रमित रहेकोमा १६ हजार ८१ जनाको मृत्यु भएको छ। इटालीमा १ लाख ४७ हजार ५ सय ७७ जनामा कोरोनाको संक्रमण देखिएको छ । यीमध्ये १८ हजार ८ सय ४९ जनाको मृत्यु भइसकेको छ।

फ्रान्समा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १ लाख२४ हजार ८ सय ६९ पुगेको छ, जसमध्ये १३ हजार १ सय ९७ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा १ लाख २२ हजार १ सय ७१ जना कोरोनाको संक्रमित रहेकोमा २ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ। चीनमा कोरोना संक्रमितको संख्या ८१ हजार ९ सय ७ छ, यीमध्ये ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ।

बेलायतमा संक्रमितको संख्या ७३ हजार ७ सय ५८ रहेको छ , जसमध्ये ८ हजार ९ सय ५८ जनाको मृत्यु भइसकेको छ। इरानमा ६८ हजार १ सय ९२ कोरोना भाइरसको संक्रमित रहेकोमा हालसम्म ४ हजार २ सय ३२ जनाको मृत्यु भएको छ। टर्कीमा कोरोना भाइरुसका संक्रमितको संख्या ४७ हजार २९ पुगेको छ। यीमध्ये १ हजार ६ जनाको मृत्यु भइसकेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस