कोरोनाका ३ जना नयाँ संक्रमित फेला, पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा सरेको पुष्टि

काठमाडौं । नेपालमा एकैदिन थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट फर्किएका दुई र एक स्थानीय गरी तीनजनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमित महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त हुन् । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन् । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अब नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ ।

यसअघि नेपालमा छ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ । ती सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस