नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले थप दुईओटा अनलाईन सेवा सञ्चालनमा ल्याएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ग्राहकको सुविधालाई ध्यान दिई म्याच्युरिटी क्लेम र क्लेम इन्टाइमेशन अनलाईन सेवा सञ्चालनमा ल्याएको हो ।

म्याच्युरिटि क्लेम सेवा मार्फत बीमितहरुले बीमा लेख म्याच्युरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् ।

यस सेवामा म्याच्युरिटिको समय पुगेका बीमितहरुले आप्mनो बीमा लेखको म्याच्युरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याच्युरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी क्लेम इन्टाइमेशन सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।

तलको लिंकमा गएर सिधै उक्त सेवा लिन सकिनेछ ।

https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx

म्याच्युरिटी क्लेम र क्लेम इन्टाइमेशन सेवाको लागि लिंक

https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspxhttps://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx

म्याच्युरिटी क्लेम र क्लेम इन्टाइमेशन सेवा लिने टुटोरियलको लागि लिंक

https://www.youtube.com/watch?v=_qWRkT1o4Hchttps://www.youtube.com/watch?v=_qWRkT1o4Hc

विषम परिस्थितिमा सम्पर्क व्यक्तिको लागि लिंक

https://www.facebook.com/Nepallife.Insurance/photos/pb.310317742328576.-2207520000../3362720507088269/?type=3&theaterhttps://www.facebook.com/Nepallife.Insurance/photos/pb.310317742328576.-2207520000../3362720507088269/?type=3&theater

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस