कोरोना त्रास : भारतले छाड्यो ४१९ कैदीबन्दी

काठमाडौं । दिल्लीको तेगाड जेल प्रशासनले ४१९ जना कैदीबन्दी छाडेको छ । जेल प्रशासनले आज ती कैदीहरुलाई अन्तरिम जमानत र आपतकालीन जमानतमा छाडेको हो ।

अन्तरिम जमानतमा ३५६ कैदीलाई छाडिएको छ । अन्तरिम जमानत ४५ दिनको हुनेछ । त्यसैगरी ६३ कैदीलाई आपतकालीन जमानत दिएइको छ । यो ८ हप्ताको हुनेछ ।

तिहाड जेल प्रशासनले जेलमा भीड नहोस् र कोरोना संक्रमणको जोखिम नहोस् भनेर यी कैदीहरुलाई जमानतामा छाडेको हो । भारतमा एक हजार बढीमा कोरोना संक्रमण देखिएको छ भने २४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण विशवभर ६ लाख ४९ हजार बढी मानिस संक्रमित छन् भने ३० हजार बढीको मृत्यु भएको छ । विश्वका अधिकांश मुलुक लकडाउनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ …

प्रतिकृया दिनुहॊस