सनराइज बैंकले सातै प्रदेशमा पिपिई वितरण गर्दै

काठमाडौं । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई २५-२५ थान दिएको छ ।

कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिइएको हो । शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेन्चुरीलाई २५ थान पिपिई हस्तान्तरण गरे ।

साथै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पिपिई हस्तान्तरण गरे । कार्यक्रमा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताइएको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सातै वटा प्रदेशमा पिपिई उपकरण वितरण गर्ने जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुमा ‘एभरेष्ट बैंक’ को चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा …

प्रतिकृया दिनुहॊस