विश्‍वप्रकाश शर्माको प्रकृतिप्रेमी गीत ‘आऊ माया गरौं…’ [भिडियाेसहित]

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माको शब्दमा रहेको ‘आउ माया गरौं’ बोलको गीत सार्वजनिक भएको छ । हाइलाइट्स नेपालबाट सार्वजनिक भएको गीतमा स्वर प्रमोद खरेल र शीतल मोक्तानले दिएका छन् ।

गीतमा संगीत पनि शर्माले आफै दिएका छन् । विश्‍वमा भइरहेको मौसम परिवर्तन र परिवर्तनले उब्जाएको समस्यासँग जुध्‍न गीतले प्रेरित गरेको छ । मान्छेले मान्छेलाई, प्रकृतिलाई र यो संसारलाई माया गर्नुपर्ने भन्दै गीतले हरेक व्यक्तिको एकताबिना यो दुनियाँ जोगिन नसक्ने र प्रकृति रहेमात्र हामी रहने सन्देश दिइएको छ ।

गीतले प्रकृतिको माया गर्न हरेक व्यक्ति एकजुट हुनुपर्ने भाव दर्शाएको छ । यो विश्वको अस्तित्वबिना हाम्रो अस्तित्व शून्य रहेको स्मरण पनि शर्माको गीतले दिएको छ । गीतमा पछिल्लो क्रममा महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड१९) बाट सुरक्षित रहन हात धुनुपर्ने, मास्क लगाउनु पर्ने सन्देश दिइएको छ ।

गीतको एरेन्ज मनोहर सुनामले गरेका हुन। दृश्य खिच्‍ने जिम्मा भने डोरबहादुर कटवाल गरेका छन । यस्तै गीतको निर्देशन पदम तिमिल्सिनाले गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस