ठूलो क्षतिको साइरन बजिसकेको छ : प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाविरूद्धको लडाइँमा सरकारलाई साथ रहेको बताएका छन् । आफूहरू सरकारमा नभए पनि महामारीविरूद्धको लडाइँ सरकारसँगै लड्न सकिने उनले उल्लेख गरेका हुन् ।

शुक्रबार ट्वीट गर्दै प्रवक्ता शर्माले महामारीविरूद्ध लड्नु साझा संघर्ष हुने पनि बताए । ‘सरकारमा सँगै नभएर पनि सँगै लड्न सकिन्छ । यो हामी सबैको साझा संघर्ष हो,’ शर्माले भनेका छन्, ‘सरकारलाई हामीले बल दिने र सरकारले युद्धस्तरमा क्षमता देखाउने बेला हो यो ।’

उनले ठूलो क्षतिको साइरन बजिसकेको संकेत गर्दै गम्भीर भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् । ‘यो युद्ध तब जितिने छ, नत्र ठूलो क्षतिको साइरन बजिसकेको छ। कसले कति गम्भीर भएर सुन्यो त्यो अलग कुरा हो,’ शर्माले भनेका छन् ।

कोरोनाभाइरसका नेपालमा अहिलेसम्म दुई जना विरामी पहिचान भएका छन् । उनीहरूको टेकुस्थित अस्पतालमा उपचार जारी छ । कोरोना थप नफैलियोस् भनेर सरकारले चैत १८ गतेसम्म लकडाउन गरेको छ  ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस