सुनको भाउ बढ्यो

काठमाडाैँ । नेपाली बजारमा आइतबारको तुलनामा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार सोमबार नेपाली बजारमा सुन तोलाको ७७ हजार रुपैयाँ रहेको छ। आइतबार सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँ तोला थियो।

सुन गएको ६ दिन यताकै महंगो भएको हो। चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस