अमेरिकी डलरसँगै अरु मुद्राको भाउ घट्यो

काठमाण्डौ । सोमबार अमेरिकी डलरको भाउ घट्दा सबै विदेशी मुद्राको भाउ केही पैसा घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा थियो । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०८ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३०९ रुपैयाँ ३१ पैसा तोकेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३८३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ३८ पैसा तोकिएको थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो खरिददर ३१२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ०८ पैसा रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस