आज विश्व मिर्गौला दिवस

काठमाडौं । आज विश्व मिर्गाैला दिवस । मिर्गौला स्वास्थ्यको लागि विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरि नेपालमा पनि यो दिवस मनाईदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरेको छ ।

यस वर्षको दिवसको नारा ‘मिगौंला स्वास्थ्य सबैको लागि, सबै ठाउँमा–रोकथामदेखि पहिचान र उपचारसम्म समान पहुच’ भन्ने रहेको छ ।डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब ८५ करोड मानिसमा कुनै न कुनै प्रकारको मिर्गौलाको समस्या रहेको छ ।

हरेक १० जना वयश्कमध्ये एक जनामा मिगौंला समस्या देखिने गरेको तथ्यांक छ । दैनिक व्यायाम, स्वस्थ खानपान र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिए मिर्गौला समस्याबाट बच्न सकिने चिकित्सकहरु बताउछन् । पछिल्लो समय बढिरहेको बिलासी र सुस्त जिवनशैलीले नेपालमा पनि मिर्गौला रोगीहरु बढिरहेका छन् ।

सरकारले मिर्गौला फेल भएका तथा प्रत्यारोपण गरेका विरामीलाई निशुल्क डायलासिसको घोषणा गरेपनि देशभर यो सेवा दिने अस्पतालको भने अभाव छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस