इंग्लीश प्रिमियर लिग : लेष्टर सिटीद्वारा एस्टन भिल्ला पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा लेष्टरका लागि जेमी भार्डी र हार्भे बार्न्सले २–२ गोल गरे । जितसँगै लेष्टर सिटीले तालिकामा तेस्रो स्थानको पकडलाई बलियो पारेको छ ।

२९ खेलबाट लेष्टरको ५३ अंक छ । समान खेलबाट ४८ अंक जोडेको चेल्सी चौथो स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसतिह दोस्रो स्थानमा रहेको छ । सिटीसँग २५ अंकको फराकिलो दुरी बनाएको लिभरपुल ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

जारी सिजनको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जित्न लिभरपुललाई अब बाँकी रहेका ९ खेलमध्ये तिन वटामा मात्रै जित निकाले पुग्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस