एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गर्न रोक

काठमाडौं । एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन नपाइने भएको छ । बीमा कम्पनीहरुले दाम्पत्य जीवन बीमा योजना संचालन गर्ने क्रम बढेसँगै बीमा समितिले यस्तो बीमा लेखामा रोक लगाएको हो ।

श्रीमान् श्रीमती दुबैको एउटै बीमालेखबाट बीमा गराउँदा जोखिम धरै हुने बीमाको अवधारण विपरितको कार्य हुने भन्दै एक्चुरी भ्यालुएटरले बीमा समितिलाई सुझाव दिदै आएको थियो । तर, समितिले यस्तो बीमा लेखमा रोक लगाएको भने थिएन ।

समितिले यसअघि स्वीकृति दिएका दाम्पत्य जीवन बीमा पोलिसी पनि बन्द गर्न निर्देशन दिएको छ । यसअघि स्वीकृति लिएर संचालनमा आएका बीमा पोलिसीको हकमा भने के कस्तो व्यवस्था गर्ने भन्नेमा समितिले केही प्रष्ट पारेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस