चालु आर्थिक वर्षको ६ महिना : महँगी झनै चुलियो, खाद्य वस्तुको मूल्यवृद्धि १० प्रतिशत नाघ्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा महँगी बढेको छ । गएको आर्थिक वर्षको पहिलो ६ महिनामा भन्दा यो आर्थिक वर्षको ६ महिनामा २ प्रतिशतभन्दा धेरैले मूल्यवृद्धि भएको छ । गएको वर्ष पुसम्म ४ दशमलव ५८ प्रतिशत मूल्यवृद्धि रहेकोमा यो वर्षको पुस मसान्तसम्म मूल्यवृद्धि ६ दशमलव ८२ प्रतिशत रहेको छ । ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुमूल्यवृद्धि १० दशमलव २१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४ दशमलव २५ प्रतिशत रहेको छ ।

६ महिनामा विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स शून्य दशमलव ९ प्रतिशतले बढेर ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ६ महिनामा रेमिट्यान्स ३० दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको ६ महिनामा रेमिट्यान्स १७ दशमलव ६ प्रतिशतले बढेको थियो ।

खाद्य वस्तुको मूल्यवृद्धि १० प्रतिशत नाघ्यो

आर्थिक वर्ष (आव) २०७६-७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव २१ प्रतिशतले बढेको छ भने गैरखाद्यअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्नि्सिङ तथा घरायसी उपकरण आदिको ४ दशमलव २५ प्रतिशत मूल्यवृद्धि भएको छ ।

यसबाट समग्रमा मूल्यवृद्धिमा चाप पर्दा पुससम्ममा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८२ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले देखाएको छ ।

आव २०७५र७६ को यही अवधिमा यस्तो मुद्रास्फीति ४ दशमलव ५८ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो अवधिमा प्राथमिक वस्तुसमूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सुर्तीजन्य पदार्थ एवम् छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ । तर, निर्माण सामग्रीको थोक मूल्य ५ दशमलव शून्य ६ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण …

प्रतिकृया दिनुहॊस