विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य मूल्य यथावत छ । अर्थात् शनिबार कारोबार भएकै मूल्यमा आज पनि विदेशी मुद्राहरुको कारोबार हुनेछ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ । बिहीबार र शुक्रबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैसा निर्धारण भएको छ ।

हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ ।

हेर्नुस् आजको विनिमय दर :- 

Screenshot 2024 05 12 051524 Ku0LyuVmzf

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस