कोरोना कहर: १७ सय डाक्टर कोरोना भाइरसबाट संक्रमित

एजेनसी । चीनमा कोरोना भाइरस (कोभिड–९०) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रवार जानकारी गराएको छ ।

यो सङ्ख्या कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका कूल विरामीको ३.८ प्रतिशत हो । एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भने, “सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।”

कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या कूल मृतक सङ्ख्याको ०.४ प्रतिशत रहेको उनले बताए । कोभिड–१९ बाट सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ ।

हुबेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित रहेका उप–निर्देशक चेनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस