ट्रम्पले अघि सारेको मध्यपूर्वको योजनाको प्यालेस्टाइनद्वारा विरोध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको योजनाको प्यालेस्टाइनले विरोध गरेको छ । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले प्यालेस्टाइनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद बैठकमा अमेरिकाले ल्याएको योजनाले मध्यपूर्वको शान्ति व्यवस्थामा असर गर्ने भन्दै विरोध गरेका हुन् ।

उनले अमेरिकाको योजनाले अरब लिग, इस्लामिक सहयोग संगठन र अफ्रिकीहरुले समेत विरोध गरेको भन्दै मन्य नहुने दोहार्‍याएका छन् । राष्ट्रपति ट्रम्पले इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्नका लागि वार्ता आह्वानसमेत गरेका थिए ।

केही दिनअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा रहेका बेला राष्ट्रपति ट्रम्पले दुवै देशको सीमा समस्या समाधानका लागि आफूले प्रस्ताव गरेको नयाँ योजना फलदायी हुने बताएका थिए । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस