१८ वर्षपछि देखियो एउटा दुर्लभ भ्यागुतो [फोटोफिचर]

काठमाडौं । विश्वमै दुर्लभ मानिएको हरियो भ्यागुतो बोलिभियाको क्यारास्को नेशनल पार्कमा पहिलोपटक देखिएको छ । ‘ग्लास फ्रग’ नामक प्रजातिअन्तर्गतको उक्त भ्यागुतोलाई संरक्षणवादीहरूले केही दिन अगाडि देखेका थिए ।ग्लास फ्रग विशेषगरी मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । यस्ता प्रजातिका भ्यागुताहरूको छाला एकदमै मुलायम र पातलो हुन्छ‚ हरियो भ्यागुतोको पेटबाट उनीहरूको शरीरभित्र रहेको भ्रूण समेत सजिलै देख्न सकिन्छ । संरक्षणवादीहरूले कोचाबाम्बा शहरको पूर्वी इलाकामा रहेको क्यारास्को नेशनल पार्कमा सो भ्यागुतोको पहिचान गरेका थिए ।जलविद्युत उत्पादनबाट भ्यागुताको बासस्थानमा पर्न जाने असरलाई ध्यानमा राखी उनीहरूको उद्धार र संरक्षणका लागि संरक्षणवादीहरू सो क्षेत्रमा गएका थिए । ‘धेरै समयपछि देखिएको यस्तो प्रजातीको भ्यागुतोले गर्दा भविष्यमा ‘ग्लास फ्रग’ पनि फेला पर्न सक्ने आशा जगाएको छ ।’ सोही संरक्षणवादीहरूको टिममध्येका एकले एएफपी समाचार संस्थालाई भने ।तीनवटा भ्यागुतालाई अल्सिदे ओल्बिनी सङ्ग्रहालयको केय्रा एम्फिबियन संरक्षण विभागमा लगिसकिएको छ। त्यहाँ उनीहरूलाई सन्तानोत्पादनका लागि सहज वातावरण सिर्जना गरिने समेत बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस