एनआईसी एशिया बैंकका ग्राहकलाई सामसङ ग्यालेक्सी खरिदमा विशेष छुट

काठमाडौं । एन.आई.सी एशिया बैंकका ग्राहकलाई सामसङ ग्यालेक्सी मोबाइल खरिदमा विशेष छुट मिल्ने भएको छ । सामसङले ग्राहकको आवश्यकता तथा सन्तुष्टीलाई प्राथमिकतामा राखेर एन.आई.सी एशिया बैंकसँग सहकार्य गरेको हो ।

ग्राहकको आवश्यकता तथा मागलाई मध्यनजर गर्दै सामसुङले  सामसङ  ग्यालेक्सी एस१०÷एस१०प्लस र सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लसमा विशेष छुटको अफर ल्याएको हो ।सामसङ ग्यालेक्सी एस१०/एस१०प्लस तथा ग्यालेक्सी नोट१०/नोट१० प्लसमा  एन.आई.सी एशियाको डेविट कार्ड÷क्रेडिट कार्ड/क्यूआरबाट खरिद गर्दा १५% वा अधिकतम तीन हजारसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यो अफर एन.आई.सी एशिया बैंकका कार्ड मेसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा यही फेब्रुअरी २८सम्म उपलब्ध हुनेछ । सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज हुने अपेक्षा राखेको छ ।

सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भने, ‘सामसङ अर्थपूर्ण आविष्कारहरू प्रदान गर्नमा सदैव विश्वास गर्दछ । यसैको प्रतिफल  हाम्रा उत्पादनहरुले  उपभोक्ताहरूको जीवनमा थप सहजता प्रदान गर्दछ ।

सामसङको पावर अफ १० सिरिज यसको भिन्न अनुभवको लागि परिचित छ यसको प्रयोगले प्रयोगकर्ताहरूलाई असीम सम्भावनाहरू पत्ता लगाउन अझै शक्ति प्रदान गर्दछ । सुविधाजनक रूपमा पहुँचयोग्य प्रिमियम सुविधाहरू यस सिरिजबाट प्राप्त हुनेछन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस