यस्ताे बन्याे मदनकृष्ण श्रेष्ठले छोरीसँग गाएको गीत ‘पानी छायाँ…’ [भिडियोसहित]

काठमाडाैं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको स्वरमा रहेको गीत ‘पानी छायाँ’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

राजनराज शिवाकोटीको संगीत रहेको उक्त गीतमा राजेन्द्र थापाले शब्द भरेका छन् । भिडियोमा स्वयम् मदनकृष्ण श्रेष्ठ र सराना सँगसँगै केविश पाण्डे, आर्शिना भट्टराईको पनि अभिनय रहेको छ ।

मदनकृष्ण श्रेष्ठ, सराना लगायत हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे, भिडियोका निर्देशक सुव्रतराज आचार्य र कार्यक्रमका उद्घोषक सन्दीप क्षेत्रीले संयुक्त रुपमा गीतको ‘सिग्नेचर स्टेप’ गरेपछि भिडियो देखाइएको थियो ।

‘मैले बुवासँग धेरै पटक गाएकी छु तर अफिसियल रुपमा यो पहिलो रहेछ,‘ कार्यक्रममा बाल्दै सराना श्रेष्ठले भनिन्,‘मैले यो गीत ल्याउदै गर्दा जुन माया र सपोर्ट पाएको छु, त्यसमा कृतज्ञ छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस