नेपाल प्रहरीमा प्राविधिक पदका लागि एक हजार भन्दा बढीका लागि खुल्यो जागिर

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त माग गरेको छ।  नेपाल प्रहरीको प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको हो ।

जस अन्तरगत सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका  लागि समावेशी आधारमा ६११ जनाको माग छ। त्यस्तै सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग छ। त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालय तर्फ १४४ जनाको माग गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस