फिलिपिन्समा ज्वालामुखीका कारण वायूप्रदुषण

काठमाडौं । ज्वालामुखीसँगै निस्किएको बाक्लो धुवाँका कारण वायू प्रदुषण भएको भन्दै फिलिपिन्समा आठ हजार भन्दा बढी सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण गरिएको छ । राजधानी मनिला नजिकै टालमा भएको ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँ र खरानीका कारण वायू प्रदुषण भएको भन्दै अधिकारीहरुले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका हुन् ।

फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी तालको आसपासका सर्वसाधारण प्रभावित हुने भन्दै अन्यत्र स्थानान्तरण गर्नुपरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।ज्वालामुखी र भूकम्पका कारण अझै विनास निम्त्याउने भन्दै सतर्क रहन सरकारी अधिकारीहरुले अपिलसमेत गरेका छन् ।

ज्वालामुखीका कारण बाक्लो तुवाँलोले वायू प्रदुषण गरेको भन्दै मनिलामा अन्तर्राष्ट्रिय उडानसमेत स्थगन गरिएको समाचारमा जनाइएको छ ।-एजेन्सी

यॊ पनि हेर्नुहॊस

ल्याटिन अमेरिकामा शक्तिशाली भूकप्पपछि सुनामीको चेतावनी

काठमाडौं । ल्याटिन अमेरिकी मूलुकहरुमा भूकम्पको झट्का महशुस भएको छ । जमैकाको समुद्री तट र …

प्रतिकृया दिनुहॊस

This will close automatically after: