एनसीसीले डाक्यो बार्षिक साधारणसभा

काठमाडाै । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले बार्षिक साधारणसभाको मिति तय गरेको छ। बैंकले आगामी १७ गते आफ्नो २२ औं बार्षिक साधारणसभा गर्नेछ। बार्षिकसाधारणसभाका भन्दै बैंकले माघ ७ गते बुक क्लोज गर्नेछ । माघ ६ सम्म कायम सेयरधनीहरुले मात्र बैंकले गत आर्थिक बर्षबाट घोषणा गरेको १५ प्रतिशत बोनस सेयर प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।

हाल बैंकको चुक्तापुंजी ८ अर्ब १३ करोड छ भने बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी ९ अर्ब ३८ करोड पुग्नेछ। बैंकले गत आर्थिक बर्षबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७८ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । यसका साथै उक्त साधारणसभाले सर्वसाधारण समुहबाट एकजना महिला सञ्चालकको निर्वाचन गर्ने भएको छ। बैंकको नियमावलीमा भएको व्यवस्थाअनुसार यस पटक सर्वसाधारण समुहबाट एकजना महिला सञ्चालकको निर्वाचन हुन् लागेको हो।

नियमावलीमा पहिलोपटक सर्वसाधारण समुहबाट र अर्को पटकका लागि संस्थापक समुहबाट महिला प्रतिनिधि हुने व्यवस्था रहेकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस