प्राइम लाइफ इन्स्योरेन्सद्वारा बीमा रकम भुक्तानी

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स  कम्पनीले मृतक परिवारलाई बीमा वापत  ११ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

बागलुङ्ग जिल्ला निवासी  बिमित स्वः ओम प्रसाद बि.क. ले २ वर्ष पहिले प्राइमलाइफ इन्स्योरेन्समा  बीमा गरी बैदेशिक रोजगारका लागि कतार गएका थिए ।

वैदेशिक रोजगारबाट छुट्टीमा घरमा आएका बिकको आफ्नै काममा बागलुङ्गको लाम्मीलाबाट घर फर्कदा जिप दुर्घटना भइ कात्तिक ८ गते मृत्यु भएको थियो ।

 

कम्पनीको नियमानुसार भुक्तान गर्नुपर्ने बिमाङ्क १० लाख र दाहसंस्कार खर्च रु. १ लाख गरी जम्मा रकम रु ११ लाखको चेक कम्पनीको बागलुङ्ग शाखा कार्यालयबाट शाखा प्रमुख ज्ञान प्रसाद ढुङगानाले स्व. बिकको श्रीमती भावनालाई हस्तान्तरण गरेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस