काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई बीमा वापत ११ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
बागलुङ्ग जिल्ला निवासी बिमित स्वः ओम प्रसाद बि.क. ले २ वर्ष पहिले प्राइमलाइफ इन्स्योरेन्समा बीमा गरी बैदेशिक रोजगारका लागि कतार गएका थिए ।
वैदेशिक रोजगारबाट छुट्टीमा घरमा आएका बिकको आफ्नै काममा बागलुङ्गको लाम्मीलाबाट घर फर्कदा जिप दुर्घटना भइ कात्तिक ८ गते मृत्यु भएको थियो ।
कम्पनीको नियमानुसार भुक्तान गर्नुपर्ने बिमाङ्क १० लाख र दाहसंस्कार खर्च रु. १ लाख गरी जम्मा रकम रु ११ लाखको चेक कम्पनीको बागलुङ्ग शाखा कार्यालयबाट शाखा प्रमुख ज्ञान प्रसाद ढुङगानाले स्व. बिकको श्रीमती भावनालाई हस्तान्तरण गरेका हुन् ।
प्रतिकृया दिनुहॊस