जाडोबाट बच्‍न कस्तो खाना उपयुक्त्त हुन्छ?

काठमाडाैँ । मङ्सिर महिना सकिनै लाग्दा जाडो दिन प्रतिदिन छिप्पिँदै गएको छ। चिसो बढ्दै जाँदा जाडो छल्न न्याना, बाक्ला कपडा आवश्यक हुन्छ। तर, कपडाले बाहिरी भाग तताएर मात्र हुँदैन। शरीरको भित्री भाग तात्तिनु जरुरी हुन्छ। त्यसैले यसका लागि खानपानमा विशेष ख्याल गर्नुपर्ने विज्ञको सुझाव छ।

जाडोबाट बच्न नियमित पोसिलो खानेकुरा समावेश गर्न आवश्यक हुन्छ। जाडोमा चिया नियमित कागति, अदुवा, मरिच हालेर चिया पिउँदा शरीरलाई निकै फाइदा गर्ने पोषणविज्ञ डा. अरुण उप्रेती बताउँछिन्।

‘अदुवा र कागतिमा रोगसँग लड्ने शक्ति भरपुर मात्रामा पाइने हुँदा यसलाई नियमित सेवन गर्न सकिन्छ। वातावरणमा आएको परिर्वतनसँगै खानामा ख्याल नपुर्‍याउँदा यो समयमा रुघाखोकी, दम, श्वासप्रश्वास, जोड्नीको दुखाइलगायतका रोगले आममानिसलाई निकै सताउने गर्दछ। खासगरी बालबालिका र वृद्धवृद्धा यसबाट बढी पीडित हुने गरेको डा. उप्रेती बताउँछिन्।

उनका अनुसार जाडोमा फ्रिजमा राखेको तथा बासी खानेकुरा खानु हुँदैन, यसले रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुन्छ र छिट्टै जुनसुकै रोगले आक्रमण गर्न सक्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डब्लुएचओको चेतावनी- ‘भ्याक्सिन आउनुअघिसम्म २० लाखको मृत्यु हुनसक्छ’

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भ्याक्सिन आउने बेला अघिसम्म विश्वभर २० लाख …

प्रतिकृया दिनुहॊस