फ्रान्समा पेन्सन सुविधाको नयाँ व्यवस्थाविरुद्ध देशव्यापी आन्दोलन

काठमाडौं । फ्रान्समा पेन्सन सुधारको माग गर्दै जारी देवव्यापी हड्तालका कारण जनजिवन प्रभावित हुँदै गएको छ । हड्तालका कारण स्कुल, सरकारी कार्यालय तथा सार्वजनिक यातायात सेवा बन्द भएका छन् ।

एकसय भन्दा बढी शहरमा हजारौं मानिस आन्दोलनमा सहभगी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा कयौ घाइते भएको बताइएको छ ।

सरकारले हालै ल्याएको पेन्सन सुधार योजनाप्रति असहमति जनाउँदै श्रमिकहरुले देशव्यापी आन्दोलन चर्काएका हुन् । प्रस्तावित नयाँ व्यवस्थामा निवृत्तिभरणको समय अवधि बढाउने प्रस्ताव गरिएको छ ।

तर, नयाँ योजना लागू हुनु अगावै सेवानिवृत्त हुनेहरुका लागि कम सुविधाको व्यवस्था गरिएको उनीहरुको आरोप छ । उक्त हड्तालमा शिक्षक, कर्मचारी, वकिल सुरक्षाकर्मीलगायत आम कामकाजी नागरिक सहभागी भएका छन् । – एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस